site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्छ : परराष्ट्रमन्त्री
SkywellSkywell

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले आगामी वैशाखमा हुने तय भएको लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्ने बताएका छन् । मन्त्री साउदले नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा शुक्रबार आयोजित 'अवार्ड फर एक्सेलेन्स' कार्यक्रमलाई सम्बोधन गर्दै लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउँदै थप गृहकार्य आवश्यक रहेको बताएका हुन् । 

"सबैभन्दा महत्त्वपूर्ण कुरा लगानीमैत्री वातावरण बनाउन आवश्यक छ । आन्तरिक पनि बाह्यरूपमा पनि हामीले लगानीको वातावरण बनाउनुपर्छ । आन्तरिकरूपमा हाम्रा जति पनि लगानीकर्ताहरू छन्, उनीहरूलाई अझ बढी लगानी गर्न र नेपालमै लगानी गरी प्रतिफल हात पार्न सकिन्छ भन्‍ने सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ," उनले भने ।

Dabur Nepal
NIC Asia

मन्त्री साउदले आर्थिक कूटनीतिलाई पनि तीव्रता दिनका लागि काम गरिरहेको बताएका छन् । "लगानी सम्मेलनका लागि परराष्ट्रमन्त्रीको हैसियतले आर्थिक कूटनीतिको पाटो महत्त्वपूर्ण छ र यसका लागि हामीले काम गरिरहेका छौँ ।"

उनले विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन लगानीसम्बन्धी नीतिमा भएका सुधारहरू देखिने गरी बुझाउन पनि आवश्यक रहेको बताएका छन् ।

"कुनै पनि लगानी सम्मेलन नेपालमा हुनुभन्दा अगाडि हाम्रो लगानी नीतिमा विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन केके सुधार गर्न सक्यौँ । त्यो कुरो चाहिँ पहिले प्रस्तुत हुन आवश्यक छ । त्यो काम जति चाँडो हामीले गर्न सक्छौँ, त्यो मोडल लिएर हामीले यी–यी कुराहरू गर्न सक्यौँ भनेर बाह्य लगानीकर्ताहरूलाई भन्‍न सक्छौँ– तपाईंहरू आउनुस्, त्यसको प्रतिफल पनि आफ्नो देशमा सुरक्षित लैजान सक्‍नुहुन्छ," उनले भने ।

मन्त्री साउदले नेपालमा गर्ने लगानी पनि प्रतिफलमुखी हुने, फाइदा हुने र पुन:लगानी गरेर त्यसो नाफालाई आफ्नो देशमा लैजान सुरक्षा दिन सकिन्छ भन्‍ने प्रत्याभूति दिलाउन सक्नुपर्ने बताए ।

"यो काममा सरकारको मन्त्रिमण्डलको तर्फबाट परराष्ट्रमन्त्रीको तर्फबाट म पनि आफ्नो किसिमले कोसिस गर्छु, लगानी बोर्ड र अन्य निकायहरूले पनि विशेष गरेर लगानी सम्मेलनका लागि काम गरिरहनुभएको छ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu