site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालले गुमायो तेस्रो विकेट, विपीन दुई रनमै आउट

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध नेपालले ओपनर विपीन रावललाई तेस्रो विकेटको रूपमा गुमाएको छ । 

दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा जारी खेलमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले विपिनलाई ८.१ ओभरमा गुमाएको हो । विपीनले नेपाली टिमको खातामा दुई रन थपे  ।

जारी खेलको ८.१ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर २४ रन बनाएको छ ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्