site stats
बाह्रखरी :: Baahrakhari
खेल
आईसीसी यू–१९ विश्वकप : ओपनर अर्जुन पहिलो विकेटको रूपमा आउट
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध नेपालले ओपनर अर्जुन कुमाललाई पहिलो विकेटको रूपमा गुमाएको छ । 

दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा जारी खेलमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले अर्जुनलाई पाँचौँ ओभरमा गुमाएको हो । अर्जुनले नेपाली टिमको खातामा १० रन जोडे ।

जारी खेलको ४.२ ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर ११ रन बनाएको छ ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्