site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अफगानिस्तानबाट नेपालले पायो १४६ रनको लक्ष्य, आकाश चन्दको उत्कृष्ट बलिङ
SkywellSkywell

काठमाडौं । आकाश चन्दको घातक बलिङप्रेरित नेपालले आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानबाट १४६ रनको लक्ष्य पाएको छ ।

शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालले कसिलो बलिङ गरेपछि अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमै समेटियो ।

अफगानिस्तानलाई कमजोर योगफलमा रोक्न नेपालका आकाशले पाँच विकेट लिए । उत्कृष्ट बलिङ गरेका आकाशले आठ ओभरमा ३४ रनमात्र खर्चिए । उनले खेलको दोस्रो, छैटौँ, आठौँ, १०औँ र १२औँ ओभरमा नेपाललाई सफलता दिलाएका थिए ।

KFC Island Ad
NIC Asia

आकाशबाहेक, दीपेश कँडेलले दुई विकेट लिए । यस्तै, गुल्सनकुमार झा, सुवास भण्डारी र तिलक भण्डारीले समान एक विकेट हात पारे । 

अफगानिस्तानका अल्लाह मोहम्मद घजानफरले ३७ रन बनाए । कप्तान नासिर खान मरुफखिलले ३१ र र फरिदुन दावुदजाईले २९ रन थपे । ८८–८ को दयनीय अवस्थाबाट यी दुईले नवौँ विकेटका लागि ५५ रनको साझेदारी गर्दै अफगानिस्तानलाई सम्मानजनक योगफलसम्म डोहोर्‍याएका थिए ।

Royal Enfield Island Ad

नेपालविरुद्ध अफगानिस्तानका चार ब्याटरले रनको खातासमेत खोल्न सकेनन् ।

यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नैपर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो ।

आजको खेलमा जित निकाले नेपाल सुपर सिक्सको समूह–१ मा पुग्ने छ । यो समूहमा समूह ‘ए’ का शीर्ष तीन टिम र समूह ‘डी’का माथिल्लो तीन टिमबीच प्रतिस्पर्धा हुने छ । जसबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् । 

अफगानिस्तानविरुद्धको जितबाट नेपालले पुनः न्युजिल्यान्ड र पाकिस्तानसँग खेल्ने पाउने छ । समूह ‘ए’ का भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिकामध्ये शीर्ष तीन टिमसँग खेल्न पाउने छ ।

यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ । अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro