site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुसी सेनामा भर्ती भएर फर्किएका युवा अस्पताल भर्ना

काठमाडौं । रुसी सेनामा भर्ती भई गोली लागेका एक युवक शुक्रबार नेपाल आइपुगेका छन् । यात्रामा स्वास्थ्य समस्या देखिएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैँ अस्पताल ल्याइएको टिचिङ अस्पताल स्रोतले बताएको छ । 

रुस–युक्रेन युद्धमा खटिएका कैलालीका २४ वर्षीय युवकको बायाँ हात र दायाँ खुट्टामा गोली लागेको थियो । रुसकै अस्पतालमा गोली निकालिएका उनको घाउ निको भइसकेको छ । तर, यात्राका क्रममा स्वास्थ्य समस्या देखिएपछि अस्पताल ल्याइएको अस्पतालका एक अधिकारीले बताए । 

नेपाली दूतावासको पहलमा नेपाल आएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको पनि ती अधिकारीले बताए । युवक दलालमार्फत् गत मंसिर ४ गते रुसतर्फ गएको खुलेको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro