site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाललाई सातौँ सफलता, आक्रामक देखिएका घजानफर आउट

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपालले सातौँ विकेट लिएको छ । 

शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका तिलक भण्डारीले अफगानिस्तानका अल्लाह मोहमद घजानफरलाई पभेलियन फर्काएका हुन् । आक्रामक रुपमा प्रस्तुत भएका घजानफरले २१ बलमा चार चौका र तीन छक्कासहित ३७ रन बनाए ।

जारी खेलको १८ ओभर समाप्त हुँदा अफगानिस्तानले सात विकेट गुमाएर ८५ रन जोडेको छ । 

नेपालबाट यसअघि आकाश चन्दले पाँच र गुल्सन झाले एक विकेट लिएका थिए ।

यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नैपर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो ।

आजको खेलमा जित निकाले नेपाल सुपर सिक्सको समूह–१ मा पुग्नेछ । यो समूहमा समूह ‘ए’ का शीर्ष तीन टिम र समूह ‘डी’का माथिल्लो तीन टिमबीच प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । 

अफगानिस्तानविरुद्धको जितबाट नेपालले पुनः न्युजिल्यान्ड र पाकिस्तानसँग खेल्ने पाउनेछ । समूह ‘ए’ का भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिकामध्ये शीर्ष तीन टिमसँग खेल्न पाउनेछ ।

यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ । अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्