site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'नेपालीलाई रैतीबाट नागरिक बनाउने कांग्रेसको गौरव विगतजस्तो छैन, हाम्रै अभिव्यक्तिले बिग्रियो'

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले पार्टी आन्तरिक संकटमा जुधिरहेको बताएका छन् । पार्टीको ७८औँ स्थापना दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा शुक्रबार भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै उनले पार्टी पछिल्लो समय चुनौती थपिएको र त्यो चुनौती आन्तरिक भएको बताएका हुन् । 

सहमहामन्त्री आङदेम्बेले पार्टीका शीर्ष नेताहरूले दिने असन्तुलित र गैरजिम्मेवारी अभिव्यक्तिले नै कांग्रेसलाई चुनौती थपिएको उल्लेख गरे । उनले कांग्रेसले भुलेको र बिर्सेको आफ्नै पहिचान मात्र खोज्यो भने चुनौती पनि मेटिने र भुगोलमा भइरहेको जातिय द्वन्द्ध पनि मेटिने उल्लेख गरे । 

“हामीलाई हामीभित्रैबाट चुनौती भएको छ । असन्तुलित अभिव्यक्ति र गैरजिम्मेवार कदमले चुनौती थपिएको छ,” उनले भने । 

यस्तै, अभिव्यक्तिका कारण ‘विगतमा नदेखिएका र अहिले फेसबुकमा देखिने पार्टीको जन्म’ भएको उनले गुनासो पोखे । कांग्रेसले अनुकूल बाटोमा देश हिँडाउन सके धोती र टोपी लगाउने सबैको पहिचान स्थापना हुने उनको भनाइ थियो । 

“हाम्रै व्यवहारका कारण आज हामीले अनावश्यक चुनौती बहन गर्नुपर्ने अवस्था छ । हामीले आफूलाई सन्तुलनमा राख्नुपर्छ,” उनले भने ।

सहमहामन्त्री आङ्देम्बेले कांग्रेसमा विगतजस्तो गौरवमय विरासतमा ह्रास आएको पनि बताए । नेपाली जनतालाई रैतीबाट नागरिक बनाउने पार्टीमा विगतजस्तो श्रद्धा र गौरव घट्दै गएको धारणा उनले राखे । 

“यसमा कहाँ–कहाँ चुक्यौं यसमा म म गरेर व्याख्या र विश्लेषण गर्नुपर्छ । जुन गौरवको इतिहास थियो त्यो इतिहासलाई पुनः सगरमाथा जस्तो उच्चो पार्नुपर्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro