site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मधेसको जितमा अनिलको शतक, गण्डकीका कृष्णले खर्चिए ११७ रन

काठमाडौं । ब्याटिङमा अनिलकुमार साह र बलिङमा रञ्जितकुमार चम्किएपछि प्रधानमनत्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेसले गण्डकी प्रदेशविरुद्ध १४५ रनको जित निकालेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मधेसले प्रस्तुत गरेको ३३६ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले ३९.५ ओभरमा सबै विकेट गुमाएर १९० रनमात्र जोड्न सक्यो । 

गण्डकीका ओपनर इश्वर क्षेत्री र कमल परियारले समान २७ रन थपे । कृष ऐयरले २६, चन्द्र पौडेलले २३ र रोशन गौतमले २२ रन जोड्दा समिर कँडेल र मुस्कान थापाले समान १८ रन बनाए । 

गण्डकीलाई सस्तैमा समेट्न मधेसका रञ्जित कुमारले चार विकेट लिए । १० ओभर बलिङ गरेका रञ्जितले एक मेडन फ्याक्दै ५१ रन खर्चिए । कप्तान हरिशंकर साहले तीन विकेट लिए । प्रदीप पासवानले दुई विकेट लिँदा राजेश यादवले एक विकेट हात पारे ।

त्यसअघि विकेटकिपर ब्याटर अनिल साहले शतक बनाएपछि टस जितेर ब्याटिङमा आएको मधेसले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३३५ रनको योगफल खडा गरेको थियो । 

मधेसका अनिलले १२७ रन बनाए । अनिलले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । आक्रामक रूपमा प्रस्तुत भएका अर्निको यादवले ३४ बलमा पाँच चौका र तीन छक्कासहित ६३ रन थपे । पवन सर्राफले ४०, रुपेश सिंहले ३२ र अभिषेक तिवारीले २७ रन जोडे । 

मधेसविरुद्ध फितलो बलिङ गरेको गण्डकीका कृष्ण पौडेल यो प्रतियोगितामै सबैभन्दा धेरै रन खर्चिने बलर बने । १० ओभर बलिङ गरेका कृष्णले ११७ रन खर्चिए । उनले एक विकेट लिएका थिए । यस्तै, सन्दीप पराजुलीले दुई विकेट लिँदा कमल परियारको नाममा एक विकेट रह्यो ।

जितसँगै आठ खेलबाट १० अंक जोडेको मधेस तालिकाको तेस्रो स्थानमा छ । ६ खेलबाट चार अंक जोडेको गण्डकी तालिकाको आठौँ स्थानमा छ ।

प्रतियोगिताअन्तर्गत बिहीबार नै भएको खेलमा सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशसँग ९७ रनको हार बेहोरेको छ ।

जितसँगै आठ खेलबाट १० अंक जोडेको वाग्मती तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ६ खेलबाट आठ अंक जोडेको सुदूरपश्चिम तालिकाको पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro