site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनीविरुद्ध एपीएफको सहज जित 

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशविरुद्ध सात विकेटको सहज जित निकालेको छ । बिहीबार सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १३४ रनको लक्ष्य एपीएफले २२.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

एपीएफको जितमा कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाए । उनले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे । पुरन विकले ३३ र लोकेश बमले १६ रन जोडे ।

Dabur Nepal
NIC Asia

लुम्बिनीका एमडी हुसेन, कृष्ण कार्की र इकलाख अहमेदले समान एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले ४१ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।

लुम्बिनीका दिल्सान अलीले ३९ रनको योगदान गरे । मृनल गुरुङले ३४, विराट भण्डारीले २३ र प्रज्वल थापाले ११ रन बनाए ।

लुम्बिनीलाई सस्तैमा समेट्न एपीएफका रमेश कुर्मीले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका रमेशले दुई मेडन फ्याँक्दै २९ रन खर्चिए । भुवन कार्कीले तीन र कप्तान रोहित र मौसम ढकालले समान एक विकेट लिए ।

जितसँगै ६ खेलबाट ६ अंक जोडेको एपीएफ तालिकाको छैटौँ स्थानमा छ । पाँच खेलबाट दुई अंकको लुम्बिनी नवौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro