खेल
काठमाडौं । ड्रेस्डेन ओपन कराते च्याम्पियनसिप–२०२४ मा सहभागी हुन नेपाली टिम जर्मनीतर्फ प्रस्थान गरेको छ । प्रतियोगिता आउँदो शनिबारदेखि सुरु हुँदै छ ।
च्याम्पियन मार्सल आर्ट्स एकेडेमीकी कार्यकारी प्रमुख सुशीला लामाको नेतृत्वमा चार सदस्यीय नेपाली टिम बिहीबार त्यसतर्फ प्रस्थान गरेको जनाइएको छ ।
प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट्स एकेडेमीका सायाङ लामाले ३६ केजी तौल समूहअन्तर्गत कुमुते स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टिमको प्रशिक्षकको भूमिकामा डिगम्बरप्रसाद पन्त छन् ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० १३:३७
प्रतिक्रिया दिनुहोस्