site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
केही भू–भागमा वर्षाको सम्भावना, कति छ काठमाडौंको न्यूनतम तापक्रम ?
फाइल तस्बिर ।

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ । मधेस प्रदेशका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंमा आज बिहान ५ : ४५ बजेको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ । 

Dabur Nepal
NIC Asia

विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । 

पानी पर्छ तर मौसम विभागको सिस्टमले देखाउँदैन, किन ? 

पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

“काठमाडौंमा आज वर्षाको सम्भावना छैन । तर बदली हुनेछ,” मौसमविद् राजु प्रधानाङले भने, “विशेषगरी अपराह्नदेखि काठमाडौंमा बदली सुरु हुनेछ ।”

विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । 

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ०६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro