site stats
बाह्रखरी :: Baahrakhari
खेल
पाकिस्तान र नेपालबीचको खेलमा देखियो क्रिकेटकै दुर्लभ दृष्य

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत नेपाल र पाकिस्तानबीचको खेलमा क्रिकेटकै दुर्लभ घटना भएको छ । 

विश्वकपअन्तर्गत बुधबार दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर ब्याटिङमा आएको नेपालका ब्याटरले दौडिएरै पाँच रन लिए । विश्व क्रिकेटमा दौडिएर पाँच लिएको दृष्य निकै कममात्र देख्न पाइन्छ । नेपालका आकाश चन्दले ४९औँ ओभरको पाँचौँ बलमा दौडिएरै पाँच रन ल्याएका हुन् । पाकिस्तानका मोहम्मद जिसानको बलमा आकाश र सुवास भण्डारीले दौडिएर पाँच रन ल्याए ।

जारी खेलको पहिलो इनिङमा नेपालले पाकिस्तानसामु १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । बफेलो पार्कमा नेपालले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रनको योगफल बनाएपछि पाकिस्तानले जितका लागि १९८ रनको लक्ष्य पाएको हो ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्