खेल
काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौँ विकेटको रूपमा विपीन रावललाई गुमाएको छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलको २६.४ ओभरमा विपीनलाई व्यक्रिगत ३९ रनमा गुमाएको हो । ओपनर विपीनले ६८ बलमा चार चौका र एक छक्का प्रहार गरे ।
जारी खेलको २७ ओभर समाप्त हुँदा नेपालले पाँच विकेट गुमाएर ९६ रन बनाएको छ । हाल क्रिजमा गुल्सनकुमार झा र दीपक डुम्रे क्रमशः चार र शून्य रनमा खेलिरहेका छन् ।
प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० १५:४८
प्रतिक्रिया दिनुहोस्