राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधि चयन गरेको छ ।
पार्टीले सबै जिल्लामा केन्द्रीय समिति सदस्यहरूलाई प्रतिनिधि बनाएर जिम्मेवारी दिएको हो । माघ १३ गतेबाट २६ गतेसम्म कांग्रेसको पहिलो चरणको अभियान सञ्चालन हुँदैछ ।
अभियान देशभरका ६ हजार ७४३ वटै वडामा सञ्चालन हुनेछ । माघ १६ गते सहिद दिवसको अवसरमा अभियान उद्घाटन हुनेछ भने २६ गते सुशील कोइराला स्मृति दिवसमा समापन हुने महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।
प्राप्त विवरणअनुसार आठ जिल्लामा हालसम्म प्रतिनिधि चयन भइसकेका छैनन् ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० १५:०७
प्रतिक्रिया दिनुहोस्