site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सहारालाई हराउँदै थ्री स्टार क्वार्टरफाइनलमा, सेमिफाइनलका लागि पारो एफसीसँग खेल्ने

काठमाडौं । आयोजक सहारा क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै थ्री स्टार क्लब २३औँ आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार पोखरा रंगशालामा सम्पन्न खेलमा थ्री स्टारलाई जिताउन कप्तान योगेश गुरुङ र एञ्जल महर्जनले गोल गरे । सहाराका आशिष गुरुङले एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

खेलको पाँचौँ मिनेटमै योगेशले गोल गर्दै थ्री स्टारलाई अग्रतामा राखेका थिए । 

तर, २३औँ मिनेटमा सहाराका आशिषले गोल गर्दै खेललाई बराबरीमा ल्याए । आशिषले लक्ष्मण रुचालको फ्रिकिक प्रहारलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् ।

५९औँ मिनेटमा एञ्जलले गोल गर्दै थ्री स्टारलाई २–१ को अग्रतमा राखे । एञ्जलको यही गोल निर्णायक बन्दा थ्री स्टार रोमाञ्चक जितसहित क्वार्टरफाइनलमा प्रवेश गर्‍यो । थ्री स्टारले अब सेमिफाइनल प्रवेशका लागि शनिबार भुटानको पारो एफसीको सामना गर्ने छ ।

प्रतियोगिताको यस संस्करणमा भुटानको एक टिमसहित कुल १२ टिमको सहभागिता छ । यसअघि भारतको एक टिम आउने जनाइए पनि अन्तिम समयमा उक्त टोलीले नाम फिर्ता लिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro