site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साविक विजेता जोकोभिच सेमिफाइनलमा, महिलातर्फ गौफ र साबालेन्का अन्तिम–४ मा

काठमाडौं । साविक विजेता नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन–२०२४ को सेमिफाइनलमा प्रवेश गरेका छन् । 

मंगलबार रोड लभेर एरिनामा भएको खेलमा अमेरिकाका टेलर फ्रिट्जलाई ३–१ को सेटमा हराउँदै अन्तिम–४ को यात्रा तय गरेका हुन् । १२औँ वरीयताका फिट्जविरुद्ध सर्वियन स्टार जोकोभिचले पहिलो सेट ७–६ (७–३) ले जितेका थिए । दोस्रो सेट ६–४ ले जित्दै फिट्जले खेल बराबरीमा ल्याएका थिए । तर, त्यसपछिका दुई सेट ६–२, ६–३ को सहज स्कोरमा जित्दै जोकोभिचले उपाधि रक्षाको यात्रा कायम राखेका हुन् । 

Dabur Nepal
NIC Asia

विश्व नम्बर एक जोकोभिचले अब फाइनलमा प्रवेशका लागि इटालीका जानिक सिनर र एन्डी रुभलेभबीचको विजेतासँग खेल्नेछन् । सन् २००५ देखि अस्ट्रेलियन ओपनको एकलमा प्रतिस्पर्धा गर्न सुरु गरेका जोकोभिचले हालसम्म १० पटक यसको उपाधि चुमिसकेका छन् ।

महिला एकलतर्फ अमेरिकाकी कोको गौफ र आर्यना साबालेन्काले सेमिफाइनलमा स्थान बनाए ।

रोड लभेरमै भएको खेलमा वरीयताको चौथो स्थानकी गौफले ३७औँ स्थानकी मार्टा कोट्युकलाई २–१ को सेटमा हराइन् । निक्कै रोमाञ्चक खेलको पहिलो सेट गौफले ७–६ (८–६) ले जितेकी थिइन् । दोस्रो सेट ७–६ (७–३) ले जित्दै कोट्युक खेलमा फर्किए पनि तेस्रो सेट ६–२ ले जित्दै गौफले अन्तिम–४ को यात्रा तय गरिन् ।

यूएस ओपन च्याम्पियन १९ वर्षीय गौफले अब फाइनल प्रवेशका लागि साविक विजेता आर्यना साबालेन्काविरुद्ध खेल्ने छिन् ।

वरीयताको दोस्रो स्थानकी साबालेन्काले चेक गणतन्त्रकी बार्बोरा क्रेजिकोभालाई ६–२, ६–३ को सोझो सेटमा हराउँदै अन्तिम चारको यात्रा तय गरेकी हुन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro