site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समुदायमा कांग्रेस अभियान सञ्चालन हुँदै, सबै वडामा पुग्ने (कार्यसूचीसहित) 

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले १३ दिने ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने जानकारी दिएको छ । पार्टीले माघ १३ गतेबाट २६ गतेसम्म पहिलो चरणको अभियान सञ्चालन गर्ने जानकारी दिएको छ । 

अभियानअन्तर्गत पार्टी ६ हजार ७४३ वटै वडामा पुग्नेछ । पार्टीले पहिलो चरणको अभियानमा वडाबासीसँग खुल्ला छलफल गर्ने जानकारी दिएको छ ।

यस्तै, समुदायमा पुगेर समूहगत छलफल र निर्दिष्ट भेटघाट अर्थात फोकस ग्रुप छलफल गर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधिको सेवा प्रवाह अवलोकन गर्ने, स्थानीय सरकार वडा कार्यालयमा भ्रमण र संवाद गर्ने जानकारी दिएको छ । 

पार्टीले माघ २६ गते सुशील कोइराला स्मृति दिवसको दिन पहिलो चरणको अभियान सम्पन्न गर्ने जानकारी दिएको छ । 

दोस्रो चरणको अभियान पार्टीको महासमिति बैठकपश्चात् सुरू गर्ने पार्टीले जानकारी दिएको छ । अभियानका लागि प्रत्येक प्रदेशमा केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी खटिनेछन् । 

यस्तै, प्रत्येक प्रदेशमा एक–एकजना उपसभापति र महामन्त्री अनिवार्य पुग्नेछन् । साथै ७७ वटै जिल्लामा अभियानको संयोजन र सहजिकरण गर्न केन्द्रीय प्रतिनिधि रहने गरी कार्यक्रमको तयारी पार्टीले गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro