site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गलत कामका विरुद्ध विद्रोह र असहमति जरुरी : शेखर कोइराला

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गलत कामका विरुद्ध विद्रोह र असहमति जरुरी रहेको बताएका छन् । 

मंगलबार विराटनगरमा कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेताहरू वा शासकहरूले गलत गरिरहेका छन् भने विद्रोह गर्नुपर्ने बताएका हुन् । 

नेता कोइरालाले बीपी कोइरालाले भनेजस्तो विद्रोह र असहमति राख्नसक्नुपर्ने धारणा राखेका हुन् । 

“कृष्णप्रसाद कोइरालाले राणाकालमा चन्द्र शम्शेरलाई फाटेको दौरा सुरुवाल र टोपी पठाउनुभयो । त्यो असहमति वा विद्रोहको नमुना थियो । पैसा कमाएर मात्र नहुने रहेछ र समाजका लागि केही गर्नुपर्छ भन्ने सन्देश थियो । त्यसैले म भन्छु गलत गरिरहेका छौँ भने असहमति र विद्रोह जरुरी छ,” उनले भने । 

२०६२–०६३ को जनआन्दोलन पनि तत्कालीन राजा ज्ञानेन्द्रको गलत कदमको प्रतिफल स्वरुप विद्रोह भएको उल्लेख गर्दै उनले जनआन्दोलनबाट प्राप्त भएको संविधान र संघीय गणतन्त्रलाई जनताका घर घरमा पुर्‍याउन जरुरी रहेको बताए । 

“संघीयता शासन व्यवस्था भनेको केन्द्रीकृत शासन चलाउनु होइन । संघीयता वा संविधानले दिएको अधिकार जनताको घर घरमा पुर्‍याउनुपर्छ भनेको हो । शुसासन कायम गर्नुपर्छ भनेको हो । तर नेपालमा त भ्रष्टाचार र दण्डहीनता बढेको बढ्यै छ । जवाफदेयीता, पारर्दीता छैन,” उनले भने, “लोकतन्त्र गणतन्त्र राम्रो छ भनेर मात्र हुँदैन । गणतन्त्रलाई राम्रो बनाउन चाहिँ सक्नुपर्छ ।” 

आर्थिक, सामाजिक, धार्मिक सबै कुरा ठिक ढंगले नसकेको औल्याउँदै डा.कोइरालाले सरकारले विकासको गति दिन नसकेको बताए । बैंकहरूको व्यवहार र विकासको गति ठिक नभएकोप्रति उनको आक्रोश थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro