बाह्रखरी फोटो
![नेपाली सेनाको फोटो प्रदर्शनीमा हातहतियार र उपकरण (तस्बिरहरू)](https://12khari.top/uploads/posts/Sena-Photo-Pradasani-(9)-1706007697.jpg)
काठमाडौं । सेना दिवसका अवसरमा नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शन आयोजना गरेको छ । नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटोहरू प्रदर्शनमा राखिएको छ ।
माघ १३ गतेसम्म चल्ने फोटो प्रदर्शनीमा हातहतियार र उपकरणहरू राखिएको छ । साथै, सैनिक पोसाक, सैनिक व्याण्ड, सैनिक हवाइ सेवा, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौज लगायतका गतिविधिका सामग्रीहरू राखिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरू लगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शनमा राखिएको सेनाले जनाएको छ ।
तस्बिरहरू : रासस /नेपाली सेना
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८० १६:५५
प्रतिक्रिया दिनुहोस्