site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोसी अझै जितविहीन, कर्णालीसँग ६ विकेटले पराजित 

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले कोसी प्रदेशविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा कोसीले प्रस्तुत गरेको १५२ रनको लक्ष्य कर्णालीले २८.३ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

कर्णालीको जितमा अर्जुन घर्तीले अर्धशतक बनाए । उनले ४८ बलमा ६ चौका र दुई छक्कासहित ५० रनको योगदान गरे । विपीन शाहीले २८, हिमान्सु शाहीले २४, निश्चल रावलले २१ र कप्तान रवीन्द्र शाहीले १२ रन थपे ।

Dabur Nepal
NIC Asia

कोसीका हेमन्त राईले तीन विकेट लिए । कमल खत्रीले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको कोसीले ३४.३ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाएको थियो । कोसीका सुजन थपलियाबाहेक अरू ब्याटरले खुलेर खेल्न सकेनन् ।

सुजनले ७३ बलमा आठ चौका र चार छक्कासहित ७३ रन बनाए । सौजन घिमिरेले १२ र आइस भट्टराई ११ बाहेक अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोसीलाई सस्तैमा रोक्न कर्णालीका दिनेश अधिकारीले चार विकेट लिए । प्रकाश जैसीले तीन र दिवन पुनले दुई विकेट हात पारे ।

जितसँगै ६ खेलबाट ६ अंक जोडेको कर्णाली तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । प्रतियोगितामा कर्णालीको यो तेस्रो जित हो । कोसीको भने यो लगातार सातौँ हार हो । पुछारमा रहेको कोसी अझै अंकविहीन छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro