site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगममा दक्षिणा कतिलाई दिने/पाल्ने ? करार व्यवस्थापनमा जानुपर्छ : पर्यटनमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम करार व्यवस्थापनबाट सञ्चालन गरिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

निगमलाई करार व्यवस्थापनमा लैजान मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाएको एक साता भइसकेको उनले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

“यस्तै स्थिति राख्न सकिँदैन । निगमले कतिजनालाई बिलो (अंश) बाँडेर खाने हो ? कतिलाई दक्षिणा दिने हो ? यो निगमले कतिजना पाल्ने हो ?,” मन्त्री किरातीले प्रश्न गरे ।

उनले अगाडि भने, “करार व्यवस्थापनमा जानैपर्छ । त्यसको लागि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको एक साता भएको छ । एकैपटक करार व्यवस्थापनमा नभए आवश्यक छलफल गरेर जानुपर्छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro