site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा नर्सको अभाव हुन थाल्यो : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मेडिकल कलेजहरूमा नर्सिङको पढाइ रोकिँदा देशमा नर्सहरूको अभाव सुरु भएको बताएका छन् । 

कोसी प्रदेश सरकारले विराटनगरमा सञ्चालनमा ल्याएको शैलजा आचार्य हृदय रोग केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले मेडिकल कलेजहरूले स्टाफ नर्स पढाउन रोकेकाले समस्या हुन थालेका बताए । 

“स्टाफ नर्स नभइ अस्पताल सञ्चालन हुँदैनन् । यो कुरालाई गम्भीररूपमा लिन आवश्यक छ । नर्सहरूको अभाव हुन थालेको छ । विराटनगरमा २०० बेडको विशेषज्ञसहितको अस्पताल खुल्दैछ । मेचीदेखि महाकालीको पारीपट्टी १६५ नर्सिङ कलेज खुलेका छन् । त्यहाँ नेपाली विद्यार्थी पढिरहेका छन्,” कोइरालाले यो अवस्था अति नै कठिनपूर्ण भएको दाबी गरे । 

अस्पताल खोलेर वा चिकित्सक राखेर मात्र गर्दा कठिन होला भन्दै उनले यसको निम्ति नयाँ सोच बनाउनुपर्ने बताए । 

“अस्पताल खोल्ने मात्र भन्दा त्यसलाई तालिम केन्द्र वा प्रतिष्ठानको रूपमा कसरी बढाउने भन्ने सोच्नुपर्ने पर्छ । यो गर्न सके शैलजा आचार्य हृदय रोग केन्द्र उपादेयता हुन्छ । सन्देश पनि देशभरि जान्छ । एक सय बेड अस्पताल चाहिन्छ भनेको छ,” उनले भने ।

शैलजा आचार्यले राजनीतिमा दिएको योगदान स्मरण गर्न शैलजा आचार्य हृदय रोग केन्द्र उनको नाममा स्थापित भएको बताउँदै कोइरालाले त्यस अवसरमा आफ्ना हजुरबुवा पिताजी कृष्णप्रसाद कोइरालालाई पनि स्मरण गरे । 

कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले जनसेवा गर्ने हेतुले हृदय रोग केन्द्र सञ्चालन गरिएको सुनाए । वरिष्ठ चिकित्सक भगवान कोइरालाले प्रदेशस्तरमा हृदय रोग केन्द्र सञ्चालनमा आउनु सुखद भएको बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro