site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारले के–केलाई समाधान दिन्छ ? ठग्नेले नै बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ : आरजु राणा
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छन् ।

आइतबार समितिको बैठकमा उनले सहकारीपीडितको समस्या राज्यले समाधान गर्नुपर्ने विषय बाहिर आएको उल्लेख गरिन् । राज्यले नभएर रकम अपचलन गर्नेहरूले नै समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिइन् ।

उनले राज्यले सबै पीडितको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरूबाट रकम फिर्ता गराउनुपर्ने बताइन् । सहकारी ठगी गर्ने समूहलाई बचतकर्ताको रकम फिर्ता गर्न लगाउने र नगरे कानुनबमोजिम कारबाही गर्न आवश्यक रहेको उनको धारणा छ ।

सहकारीपीडितको समस्या राज्यले समाधान गर्छ भनेर बस्न नहुने उनले बताइन् । उनले सहकारीको समस्या समाधान गर्न नीतिगत सुधारका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षणपत्र लेखिने जानकारी गराइन् । प्रधानमन्त्रीको तहबाट नै सहकारी समस्या समाधानको उपाय निकल्न सक्ने अवस्था रहेको उनको भनाइ छ ।

“सहकारी समस्याको समाधान सरकारले दिने होइन । सरकारले के–केलाई समाधान दिन्छ ? जसले ठगेको छ, त्यही समूहले सहकारी बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ,” उनले भनिन्, “सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षणपत्र लेख्नुपर्छ । त्यहाँबाट नै सहकारी समस्या समाधानको उपाय निकाल्न सक्छन् । सहकारी ठगी र रकम हिनामिना मानिसहरूको जीवनसँग जोडिएको छ ।”

सहकारीमा भएका ठगी रोक्न कानुन सच्याउन आवश्यक रहेकामा उनले जोड दिइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro