site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रीको प्रस्ताव– ट्रायल दिन ड्राइभिङ स्कुलबाट पास भएको प्रमाणपत्र अनिवार्य
Tiktok banner adTiktok banner ad

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन फरक–फरक बनाउन अर्थ मन्त्रालयले नदिएको आरोप लगाएका छन् । आइतबार सिंहदरबारमा प्रदेशका यातायातमन्त्रीसँग छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले सडक सुरक्षा र सार्वजनिक सडक ऐन अलग–अलग ‘ड्राफ्ट’ गरेर मन्त्रालयमा पठाइएको बताए । तर, अर्थले ‘मर्ज’ गरेर एउटै बनाएर पठाइदिएको उनको गुनसो छ ।

उनले सडक सुरक्षा ऐन अलग हुनुपर्ने दबाब आफूलाई आइरहेको उल्लेख गरे । यातायात मन्त्रालय सडक सुरक्षा ऐन अलग्गै बनाउनुपर्ने पक्षमा रहेको उनले बताए ।

“...विभिन्न देशको अनुभव पनि सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन फरक–फरक छ,” उनले भने, “सडक सुरक्षा ऐन अलग्गै गराउने गरी प्रस्ताव पास गर्नुपर्छ । हामी अलग्गै बनाउनुपर्छ भन्ने पक्षमा छौँ ।”

मन्त्री ज्वालाले प्रदेशपिच्छे सवारी करको दर भिन्नभिन्न हुँदा समस्या उत्पन्न भएको भन्दै एकरूपतामा जोड दिए । उनले अपांगता भएका व्यक्तिलाई स्कुटर, टेम्पो र ईरिक्साको लाइसेन्स उपलब्ध गराउने विषयमा बढी ध्यान दिन जरुरी रहेको बताए ।

‘ह्याभीवेट’ सवारीसाधको ‘ट्रायल’ उत्तीर्ण गरिसकेपछि पुनः अन्तर्वार्ता दिने विषयको अन्त्य गर्नुपर्ने उनले उल्लेख गरे । उनले ‘सेटिङ’ मिलाएर हुने बद्मासी रोक्न जरुरी रहेको औँल्याए ।

मन्त्री ज्वालाले ड्राइभिङ स्कुलबाट प्रशिक्षण लिई ‘पास’ गरेको प्रमाणपत्र पेस गरेपछि मात्र ट्रायल दिन पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारे । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro