site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्युजिल्यान्डसँग नेपालको पहिलो हार
SkywellSkywell

काठमाडौं । आईसीसी यू–१९ विश्वकपको पहिलो खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध ६४ रनको हार बेहोरेको छ ।

युवा विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपालले बेहोरेको यो पहिलो हार हो । यसअघि नेपालले सन् २००६ को संस्करण र २०१६ को संस्करणमा न्युजिल्यान्डविरुद्ध खेल्दा क्रमशः एक विकेट र ३२ रनको जित निकालेको थियो ।

आइतबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा सम्पन्न खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभर खेल्दै नौ विकेट गुमाएर २३८ रनमात्र बनाउन सक्यो ।

KFC Island Ad
NIC Asia

नेपालका ओपनर अर्जुन कुमालले ९० रन बनाए पनि टिमको हार टार्न भने सकेनन् । उनले १०४ बलमा १२ चौका प्रहार गरे । अर्जुन युवा विश्वकपमै नेपालका लागि पहिलो शतक बनाउन १० रनले चुके । तर, उनी विश्वकपमा नेपालबाट एकै खेलमा उच्च स्कोर बनाउने दोस्रो ब्याटर बने ।

अर्जुनअघि रहेका प्रदीप ऐरीले यू–१९ विश्वकपमा ९८ रन बनाएका छन् । प्रदीपले २०१२ मा नामिबियाविरुद्ध यो स्कोर बनाएका थिए ।

Royal Enfield Island Ad

न्युजिल्यान्डविरुद्ध कप्तान देव खनाल ३६ रन जोडेर आउट भए । सुवास भन्डारीले ३३, तिलक भन्डारीले १७, दीपक बोहराले १५ र आकाश चन्दले १४ रन थपे । 

अन्तिम विकेटका लागि सुवास र तिलक भन्डारीले ३७ रनको साझेदारी गर्दै खेललाई रोमाञ्चक बनाएका थिए ।

नेपाललाई सस्तैमा समेट्न न्युजिल्यान्डका मासोन क्लर्कले तीन विकेट लिए । एवाल्ड श्रेउडर र ओस्कार ज्याक्सनले समान दुई विकेट लिँदा जाक कुमिङ र म्याट रोवेले एक–एक विकेट लिए ।

त्यसघि स्नेहिथ रेड्डीले शतक बनाएपछि टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०२ रनको योगफल खडा गरेको थियो ।

न्युजिल्यान्डबाट तेस्रो नम्बरमा ब्याटिङका निम्ति आएका रेड्डीले अविजित १४७ रन बनाए । उनले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे ।

६७–३ को नाजुक अवस्थामा ब्याटिङमा लागि आएका रेड्डीले कप्तान ओस्कार ज्याक्सनसँग १५७ रनको शतकीय साझेदारी गर्दै न्युजिल्यान्डको इनिङ्स सम्हालेका थिए । कप्तान ज्याक्सन ८१ बलमा तीन चौका र पाँच छक्कासहित ७५ रन बनाएर आउट भए ।

ओपनर टस जोनसले ३३, लुक वाट्सनले १४ र एलेक्स थप्सनले १३ रन थपे ।

नेपालका सुवास भण्डारीले तीन विकेट लिए । गुल्सन झाले दुई र दिपेश कँडेल, तिलक वर्मा र आकाश त्रिपाठीले समान एक विकेट लिए ।

प्रतियोगितामा नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । नेपालले अब जनवरी २४ मा पाकिस्तान र जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  २१:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro