खेल
काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको नेपालका ओपनर अर्जुन कुमालले अर्धशतक बनाएका छन् ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याइहरेको नेपालबाट अर्जुनले ७३ बलमा ६ चौकासहित ५० रन पूरा गरे ।
जारी खेलको २६ ओभर समाप्त हुँदा नेपालले पाँच विकेट गुमाएर १२३ रन बनाएको छ । हाल क्रिजमा अर्जुन कुमालसँगै दीपक बोहरा छन् । दीपक १३ रनमा खेलिरहेका छन् ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित ५० ओभरा आठ विकेट गुमाएर ३०२ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८० २०:०५
प्रतिक्रिया दिनुहोस्