site stats
बाह्रखरी :: Baahrakhari
खेल
पाँचौँ विकेटको रूपमा आउट भए गुल्सन, नेपालको १०० रन पूरा
फाइल तस्बिर।

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १०० रन पूरा गरेसँगै अलराउन्डर गुल्सन झालाई पाँचौँ विकेटको रुपमा गुमाएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याइहरेको नेपाल २०औँ ओभरको समाप्तिमा १०० रन पूरा गरेको हो । २१औँ ओभरको पहिलो बल वाइड र चौका भएपछि नेपालले पाँच रन जोड्दै १०० रन पूरा गरेको थियो । तर, त्यसलगत्तै दोस्रो बलमा गुल्सन पभेलियन फर्किए । 

हाल क्रिजमा अर्जुन कुमाल र दीपक बोहरा छन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०२ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्