site stats
बाह्रखरी :: Baahrakhari
खेल
आईसीसी यू–१९ विश्वकप : ३६ रन जोडेर आउट भए कप्तान देव 

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कप्तान देव खनाललाई तेस्रो विकेटको रूपमा गुमाएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याइरहेको नेपालको खातामा देवले ३६ रन जोडे ।  

जारी खेलको १६ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ७७ रन जोडेको छ ।

त्यसअघि नेपालले ओपनर दीपक बोहरालाई शून्य र आकाश चन्दलाई व्यक्तिगत दुई रनमा गुमाएको थियो । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०२ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्