site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रेड्डीको शतकमा न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

काठमाडौं । स्नेहिथ रेड्डीको शतकप्रेरित न्युजिल्यान्डले आईसीसी यू–१९ विश्वकपमा नेपालसामु ३०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

आइतबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०२ रन बनायो ।

न्युजिल्यान्डबाट तेस्रो नम्बरमा ब्याटिङका निम्ति आएका रेड्डीले अविजित १४७ रन बनाए । उनले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे ।

६७–३ को नाजुक अवस्थामा ब्याटिङमा लागि आएका रेड्डीले कप्तान ओस्कार ज्याक्सनसँग १५७ रनको शतकीय साझेदारी गर्दै न्युजिल्यान्डको इनिङ्स सम्हालेका थिए । कप्तान ज्याक्सन ८१ बलमा तीन चौका र पाँच छक्कासहित ७५ रन बनाएर आउट भए ।

ओपनर टस जोनसले ३३, लुक वाट्सनले १४ र एलेक्स थप्सनले १३ रन थपे ।

नेपालका सुवास भण्डारीले तीन विकेट लिए । गुल्सन झाले दुई र दिपेश कँडेल, तिलक वर्मा र आकाश त्रिपाठीले समान एक विकेट लिए ।

युवा विश्वकपमा हालसम्म नेपालले दुईपटक न्युजिल्यान्डविरुद्ध खेल्दा अपराजित यात्रा कायम राखेको छ । नेपालले विश्वकपमा न्युजिल्यान्डविरुद्धका दुवै खेलमा जित निकालेको थियो । सन् २००६ मा भएको युवा विश्वकपमा नेपालले न्युजिल्यान्डलाई एक विकेटले र २०१६ को विश्वकपमा ३२ रनले हराएको थियो ।

प्रतियोगितामा नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । यसपछि नेपालले जनवरी २४ मा पाकिस्तान र जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro