site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानाध्यापक साह भ्रष्टाचारी ठहर, तीन वर्ष कैद

काठमाडौं । विद्यालय भवन मर्मत र ल्याब स्थापनाका निम्ति भन्दै बजेट लिएर हिनामिना गर्ने तत्कालीन प्रधानाध्यापक शिवकुमार साहलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले साहले विद्यालय भवन, विज्ञान र अरू प्रयोगशाला बनाउने भन्दै भ्रष्टाचार गरेको ठहर गरेको हो ।

गएको पुस २४ गते साह भ्रष्टाचारी ठहर गरिएको थियो । आइतबार सजाय निर्धारण गरिएको छ । साहको बिगो १३ लाख ३२ हजार २९२ कायम गरी सोबमोजिम जरिवाना र तीन वर्ष कैद सजाय निर्धारण गरिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

गोरखाको सिरानचोक गाउँपालिका–१ स्थित नेपाने माविका तत्कालीन प्रधानाध्यापक साहले ट्रस भवन निर्माणका निम्ति भन्दै १६ लाख १० हजार रुपैयाँ लिएका थिए । उनले विज्ञान, गणित र अंग्रेजी ल्याब बनाउन जिल्ला शिक्षा कार्यालयबाट एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

यस्तै, तत्कालीन केराबारी गाविसबाट शैक्षिक सामग्री खरिदका निम्ति पाएको ७२ हजार २९२ र भवन निर्माण गर्न ल्याएको पाँच लाख रुपैयाँ उपभोक्ता समितिलाई दिएर बाँकी सबै रकम हिनामिना गरेको ठहर गरिएको छ । त्यसरी हिनामिनाको रकम विद्यालय व्यवस्थापन समितिको झुटा निर्णय र नक्कली बिलभर्पाइमार्फत भुक्तानी लिएको ठहर छ ।

त्यसरी भुक्तानीका निम्ति सहयोग गर्ने शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका सबइन्जिनियर विकास झालाई पनि विपक्षी बनाउँदै ०७६ साल फागुन ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ लाख १० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो । भुक्तानी लिन साहलाई सहयोग गरेका भनिएका प्राविधिक झालाई भने विशेष अदालतले सफाइ दिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro