site stats
बाह्रखरी :: Baahrakhari
खेल
न्युजिल्यान्डको २०० रन पूरा, नेपाल १५३ बलयता विकेटविहीन

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको न्युजिल्यान्डले २०० रन पूरा गरेको छ । 

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको न्युजिल्यान्डले ४० ओभरमा २०० रन पार गरेको हो । 

जारी खेलको ४१ ओभर समाप्त हुँदा न्युजिल्यान्डले तीन विकेट गुमाएर २१४ रन बनाएको छ ।

न्युजिल्यान्डका तेस्रो क्रमका ब्याटर स्नेहिथ रेड्डी र कप्तान ओस्कार ज्याक्सनले नेपालविरुद्ध चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीको इनिङ सम्हालिरहेका छन् । यी दुईले हालसम्म १४७ रनको साझेदारी गरिसकेका छन् ।

नेपालविरुद्ध न्युजिल्यान्डले स्कोरबोर्डमा ६७ रन जोड्दा तेस्रो विकेट गुमाएको थियो । नेपालले १४.३ ओभरमा तेस्रो विकेट लिएको थियो । त्यसयता २६ ओभरको खेल भइसक्दा नेपालका कुनै पनि बलरले विकेट लिन सकेका छैनन् । नेपाल पछिल्लो १५३ बलयता विकेटविहीन छ ।

जारी खेलमा नेपालका सुवास भन्डारी, दीपेश कंडेल र तिलक भन्डारीले समान एक विकेट लिएका थिए ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्