site stats
बाह्रखरी :: Baahrakhari
देश
‘लिभिङ टुगेदर’मा बस्दै आएकी महिलाको हत्या आरोपित पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको शोभाभगवतीमा महिलाको हत्या गरी भागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आरोपितलाई नियन्त्रणमा लिएको हो ।

भारतको मोतिहारीका पुरुषले तनहुँकी सोफिया मियाँको हत्या गरी भागेको प्रहरीले जनाएको छ ।

यही माघ ३ गते मियाँको शव भेटिएको थियो । ती महिला र पुरुष दुवै विवाहित हुन् । उनीहरू लामो समयदेखि विवाहेतर सम्बन्धमा रहेको खुलेको अनुसन्धानमा खटिएका प्रहरीको भनाइ छ ।

उनीहरू ‘लिभिङ टुगेदर’मा बस्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीले आरोपितको नाम सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्