site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आत्मघाती गोल उपहार पाउँदा हारबाट जोगियो दक्षिण कोरिया, बहराइनको पहिलो जित

काठमाडौं । इन्जुरी समयमा विपक्षी खेलाडीबाट आत्मघाती गोल हुँदा एएफसी एसियन कपमा दक्षिण कोरियाले २–२ को बराबरी खेल्दै जोर्डनसँगको सम्भावित हार टारेको छ ।

शनिबार कतारको अल थुमामा रंगशालामा भएको खेलमा दक्षिण कोरिया ९० मिनेटसम्म २–१ ले पछि थियो । तर, इन्जुरी समयमा जोर्डनका याजन अल–अरबबाट आत्मघाती गोल भएपछि दक्षिण कोरियाको हार टरेको हो ।

Dabur Nepal
NIC Asia

खेलको नवौँ मिनेटमा सन ह्युङ मिनले प्राप्त पेनाल्टी सदुपयोग गरेपछि दक्षिण कोरियाले अग्रता बनाएको थियो । ३७औँ मिनेटमा दक्षिण कोरियाका पार्क योङ वुबाट आत्मघाती गोल भएपछि जोर्डन खेलमा फर्कियो । पहिलो हाफको इन्जुरी समयमा याजन अल–नाइमतले गोल गर्दै जोर्डनलाई २–१ को अग्रतामा राखेका थिए ।

बराबरीसँगै दुई खेलबाट चार अंक जोडेको जोर्डन समूह ‘इ’ को शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक नै जोडेको दक्षिण कोरिया दोस्रो स्थानमा छ ।

शनिबार नै भएको समूहको अर्को खेलमा बहराइनले मलेसियाविरुद्ध १–० को जित निकालेको छ । बहराइनको जितमा अली मदनले इन्जुरी समयमा निर्णायक गोल गरे ।

जितसँगै दुई खेलबाट तीन अंक जोडेको बहराइन तालिकाको तेस्रो स्थानमा छ । समान खेल खेल्दा पनि अंकविहीन मलेसिया पुछारमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro