site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नबिल बैंकले खराब कर्जा घटायो, तीन अर्बभन्दा बढी नाफा

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/र८१ को ६ महिनामा तीन अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आइतबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुुसार गत वर्षको पुस मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नाफा ६.२८ प्रतिशतले घटेको हो ।

गत वर्षको ६ महिनामा बैंकले तीन अर्ब ४१ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरको थियो । बैंकको खुद ब्याज आम्दानी र फि तथा कमिसन पनि वृद्धि भएको छ । बैंकको इम्पेरमेन्ट चार्ज बढ्दा नाफामा असर पर्न पुगेको देखिन्छ ।

बैंकले गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खराब कर्जा घटाएको छ । गत वर्षको पुस मसान्तसम्म बैंकको खराब कर्जा १.४६ प्रतिशत थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले खराब कर्जा घटाएर १.२ प्रतिशतमा झारेको छ ।

बैंकले कर्जा लगानी र निक्षेप संकलन बढाएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले चार खर्ब २८ अर्ब ८३ करोड पाँच लाख निक्षेप संकलन गरी तीन खर्ब ६३ अर्ब ८७ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको चुक्तापुँजी २७ अर्ब पाँच करोड ६९ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा २७ अर्ब १६ करोड ९९ लाख रुपैयाँ सञ्चित गरेको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro