site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
न्युजिल्यान्डविरुद्धको अपराजित यात्रा कायम राख्ने लक्ष्यमा नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी यू–१९ विश्वकप–२०२४ मा आज नेपाल आफ्नो पहिलो खेलका लागि मैदान उत्रिँदा न्युजिल्यान्डविरुद्धको अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

युवा विश्वकपमा हालसम्म नेपालले दुई पटक न्युजिल्यान्डविरुद्ध खेल्दा अपराजित यात्रा कायम राखेको छ । नेपालले विश्वकपमा न्युजिल्यान्डविरुद्धको दुवै खेलमा जित निकालेको थियो । यसअघि नेपालले सन् २००६ मा भएको युवा विश्वकपमा एक विकेटले सन् २०१६ मा भएको विश्वकपमा ३२ रनले हराएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, युवा विश्वकपमा नेपालले आठ वर्षपछि खेल्ने लागेको हो । यसअघि नेपालले सन् २०१६ को यू–१९ विश्वकप खेलेको थियो । त्यसबेला नेपालले क्वार्टरफाइनलसम्मको यात्रा तय गरे पनि अन्तिम–८ को खेलमा बंगलादेशसँग पराजित भएपछि नेपालको चुनौती समाप्त भएको थियो ।

आइतबार दक्षिण अफ्रिकाका इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजदेखि सुरु हुनेछ ।

Global Ime bank

प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् ।

आजको खेलपछि नेपालले जनवरी २४ मा पाकिस्तान र जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement