site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निगमको सञ्चालन करार व्यवस्थापनबाट गरिन्छ : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको सञ्चालन करार व्यवस्थापनबाट हुने बताएका छन् । डोल्पो समाजको रजतजयन्ती एवं भवन उद्घाटनका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले निगम यही व्यवस्थापनबाट नचल्ने उल्लेख गरे ।

करार व्यवस्थापनबाट निगमलाई सञ्चालन गर्ने गरी अध्ययन कार्यदल बनाइने उनले जानकारी गराए । यही आर्थिक वर्षमा पर्यटक गौरवका क्षेत्र पहिचान गरी घोषणा गर्ने, पर्यटन ऐन संशोधन गरिने उनले बताए ।

मन्त्री किरातीले विमानस्थल सञ्चालन, व्यवस्थापन र निर्माणका निम्ति काठमाडौंसहित भैरहवा, पोखरा र नयाँ एयरपोर्ट बनाउने कार्यका लागि पीपीपी मोडलमा जाने सुनाए । यसका निम्ति अध्ययन समिति छिटै बनाइने उनको भनाइ छ ।

१० वर्षमा ३५ लाख पर्यटन भित्र्याउन केही न केही जोखिम लिनैपर्ने उनले उल्लेख गरे ।

अहिलेको संविधानानुसार सबै धर्म–संस्कृति बराबर भएकाले सबैले सबैको अस्तित्वलाई मान्नुपर्ने उनले बताए ।

उनले माथिल्लो डोल्पामा पर्यटक भित्र्याउन आधारभूत सूचना र वासस्थानको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा डोल्पो समाजका अध्यक्षलगायत विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । हिमालन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro