site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाली राष्ट्रपति विक्रमासिंघेबीच भेटवार्ता
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ । असंलग्न आन्दोलन (नाम)का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगान्डाको कम्पालामा रहेका उनहरूबीच शनिबार द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय मुद्दा र आपसी हितमा दुवै देशको सहकार्य आवश्यक रहेकामा जोड दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकामा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताए । सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषय सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।  

त्यसक्रममा श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलंकाबीच सहकार्य आवश्यक रहेकामा जोड दिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

Royal Enfield Island Ad

भेटमा प्रधानमन्त्री प्रचण्डसँगै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटा, परराष्ट्रसचिव सेवा लम्साललगायत परराष्ट्र मन्त्रालयका अधिकारी उपस्थित थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro