देश

काठमाडौं । बर्दियामा जंगली हात्तीको आक्रमणबाट दुई महिला घाइते भएका छन् । बर्दियाको मधुवन नगरपालिका–१, दुर्गानगरमा बस्ने ५२ वर्षीया सीता थारु र ३१ वर्षीया शुशिला चौधरी घाइते भएकी हुन् ।
सोही स्थानमा रहेको दुर्गा सामुदायिक वनमा दाउरा काट्न गएको बेला आज दिउँसो जंगली हात्तीले आक्रमण गरेको थियो ।
सीताको टाउकोमा र शुशिलाको टाउको, छाती र हातखुट्टामा चोट लागेको छ । घाइते दुवैको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८० १७:०९
प्रतिक्रिया दिनुहोस्