site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लमजुङमा आगलागी, महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, स्यागेमा एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । गएराति अचानक घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए । 

स्थानीय र प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि घर समेत जलेर नष्ट भएको उनको भनाइ छ । श्रेष्ठ परिवार बेँसीसहर नगरपालिका–२ घर भई करिब ११ वर्षदेखि उक्त स्थानमा किराना र कपडा पसल सञ्चालन गर्दै आएको थियो । 

बाहिर फलामको खामोसहित सटर र जस्तापाताको छानो रहेको घरका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको मुचुल्का उठाउने कार्य भइरहेको छ । चारजनाको परिवार रहे पनि श्रीमान् र श्रीमती मात्रै बस्दै आएको र छोराछोरी काठमाडौंमा बस्दै आएको बताइएको छ । रासस 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro