site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा ग्यालेक्सी एस२४ को प्रि–अर्डर खुला : एआई सम्मिलित फोनको मूल्य २ लाखसम्म

काठमाडौं । नेपालमा सामसङको ग्यालेक्सी एस२४ सिरिजको प्रि–अर्डर खुला भएको छ । बुधबार मात्रै विश्व बजारमा सार्वजनिक भएको ग्यालेक्सी एस२४ को प्रि–अर्डर नेपालमा आजबाट खुला भएको हो ।

सामसङ नेपालले शुक्रबार ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४ प्लस र ग्यलेसी एस२४ को प्रि–अर्डर खुलेको घोषणा गरेको हो ।

ग्यालेक्सी एस२४ आर्टिफिसियल इन्टेलिजेन्स(एआई) सम्मिलित पहिलो फोन भएको कम्पनीले जनाएको छ । यसमा रहेको एआई फिचरले लाइभ कल अडियोमा र म्यासेज अनुवाद गर्नेदेखि विभिन्न सुविधा उपलब्ध गराएको छ ।

SM-S928_GalaxyS24Ultra_Front_TitaniumGray-1705649428.png
 

ग्यालेक्सीको प्रोभिजुअल इन्जिनले फोनमा सिर्जनात्मक स्वतन्त्रता र कुनै पनि जिज्ञासालाई सर्च गरेर तत्काल पत्ता लगाउनसक्ने नयाँ विशेष सुविधा उपलब्ध गराएको छ ।

नेपालमा प्रि–अर्डर खुला गर्दै सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, “ग्यालेक्सी एस२४ले संसारसँगको हाम्रो सम्बन्धलाई परिवर्तन गर्छ ।  मोबाइलको आविष्कारको आउँदो दशक कस्तो हुनेछ भन्ने संकेत गर्छ ।”

ग्यालेक्सी एआई हाम्रो नवप्रवर्तन सम्पदा र मानिसले आफ्नो फोन कसरी प्रयोग गर्छन् भन्ने बुझाइबाट  निर्माण गरिएको बताए । “हामी विश्वभरका हाम्रा प्रयोगकर्ताहरूले कसरी नयाँ सम्भावनाहरू खोल्न ग्यालेक्सी एआईमार्फत आफ्नो दैनिक जीवनलाई सशक्त बनाउँछन् भनेर हेर्न उत्साहित छौं,” उनले भने । 

यसरी गर्न सकिन्छ प्रि–अर्डर
ग्यालेक्सी एस२४ सिरिजका फोन प्रि–बुक गर्न यो वेबसाइटमा जान सकिन्छ । https://samsung-np.com/NP-S24-Preorder/ । यसबाहेक आफ्नो नजिकैको सामसङ फोन स्टोरमा गएर पनि फोन प्रि–अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

यस्तो छ मूल्यः
 1-1705649354.png

यस्ता छन् अफरः

प्रि–अर्डर अफर माघ २३ सम्म वा स्टक रहँदासम्म मान्य रहने कम्पनीले जनाएको छ ।

2-1705649389.png
 

यसबाहेक प्रि–अर्डर गर्ने पहिलो ५०० ग्राहकले एनसेल प्रिमियम नम्बरमा प्रतिदिन ७० मिनेट अल नेट भ्वाइस + ७०० एमबी + ७० एसएमएस ६ महिनाका लागि तीन हजार ५०० रुपैयाँ निःशुल्क प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाको साथमा यो नयाँ फोनलाई शून्य प्रतिशत ब्याज दरमा सजिलो ईएमआई गर्न सकिने कम्पनीले जनाएको छ ।

यस्तो छ फोन 

ग्यालेक्सी एस२४ अल्ट्रामा आइफोन १५ प्रोझैँ टाइटेनियमको फ्रेम छ । यसको तौल एस२३ अल्ट्राजत्तिकै २३२ ग्राम छ । अल्ट्रामा ६.८ इन्च र १,४४० पिक्सेलको डिस्प्ले छ ।

फोनमा १० मेगापिक्सेलमा १० गुणा जुम र ५० मेगापिक्सेलका निम्ति पाँच गुणा जुमको क्यामेरा छ ।

Galaxy-S24-Series-KV_2P-1705649458.jpg
 

चार क्यामेरामा २०० मेगापिक्सेलको मुख्य, १० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा पछाडि छ । अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

फोनमा फोटो र भिडियो इडिटिङका निम्ति केही टुल छन् । फोनमा क्लाउडमा आधारित थुप्रै एआई सुविधा समेटिएको छ । कम्पनीले गुगलको जेमिनी फोनमा जोडेको छ ।

फोनमा जेनेरेटिभ एआईबाट सञ्चालित फोटो र भिडियो इडिट गर्न सकिने उपकरण छन् । एआईको यूआईमा गुगल बार्डको आइकन छ ।

फोनमा लाइभ कललाई विभिन्न १३ भाषामा अनुवाद गर्न सक्ने दोभासेको एआई फिचर छ । फोनमा कुराकानी (टेक्स्ट)लाई अर्काे भाषामा अनुवाद गर्न सकिने एआई फिचर पनि छ ।

Galaxy-S24-Ultra-KV_2P-1705649479.jpg
 

सामसङको भ्वाइस रेकर्डरमा क्बकगलन ट्रान्सक्रिप्सनलाई अर्को भाषामा अनुवाद गर्ने क्षमता छ । नोट्स एपले पनि केही उपयोगी फिचर समेटेको छ ।

अल्ट्रामा स्न्यापड्र्यागन ८ जेनेरेसन ३ चिपसेट छ । एस२४ प्लस र एस२४ मा यो चिपसेट अमेरिकामा मात्र उपलब्ध हुनेछ । अन्यत्र बिक्री हुने एस२४ प्लस र एस२४ फोनमा एक्जाइनोस चिपसेट हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro