site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
ग्यालेक्सी एस२४ सार्वजनिक : यस्तो छ ठूलो, एआई सम्मिलित फोन
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसङको नयाँ एस सिरिज ग्यलोक्सी एस२४ सार्वजनिक गरिएको छ । बुधबार राति एक कार्यक्रममार्फत पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मिलित भनिएको फोन सार्वजनिक गरिएको हो ।

ग्यालेक्सी एस२४ अल्ट्रामा आइफोन १५ प्रोझैँ टाइटेनियमको फ्रेम छ । यसको तौल एस२३ अल्ट्राजत्तिकै २३२ ग्राम छ । अल्ट्रामा ६.८ इन्च र १,४४० पिक्सेलको डिस्प्ले छ ।

Prabhu Bank
Agni Group
NIC Asia

फोनमा १० मेगापिक्सेलमा १० गुणा जुम र ५० मेगापिक्सेलका निम्ति पाँच गुणा जुमको क्यामेरा छ ।

चार क्यामेरामा २०० मेगापिक्सेलको मुख्य, १० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा पछाडि छ । अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

Global Ime bank

फोनमा फोटो र भिडियो इडिटिङका निम्ति केही टुल छन् । फोनमा क्लाउडमा आधारित थुप्रै एआई सुविधा समेटिएको छ । कम्पनीले गुगलको जेमिनी फोनमा जोडेको छ ।

फोनमा जेनेरेटिभ एआईबाट सञ्चालित फोटो र भिडियो इडिट गर्न सकिने उपकरण छन् । एआईको यूआईमा गुगल बार्डको आइकन छ ।

qwefg-1705550398.jpg
फोनमा लाइभ कललाई विभिन्न १३ भाषामा अनुवाद गर्न सक्ने दोभासेको एआई फिचर छ । फोनमा कुराकानी (टेक्स्ट)लाई अर्काे भाषामा अनुवाद गर्न सकिने एआई फिचर पनि छ ।

सामसङको भ्वाइस रेकर्डरमा क्बकगलन ट्रान्सक्रिप्सनलाई अर्को भाषामा अनुवाद गर्ने क्षमता छ । नोट्स एपले पनि केही उपयोगी फिचर समेटेको छ ।

अल्ट्रामा स्न्यापड्र्यागन ८ जेनेरेसन ३ चिपसेट छ । एस२४ प्लस र एस२४ मा यो चिपसेट अमेरिकामा मात्र उपलब्ध हुनेछ । अन्यत्र बिक्री हुने एस२४ प्लस र एस२४ फोनमा एक्जाइनोस चिपसेट हुनेछ ।

२५६ जीबी स्टोरेजमा एक हजार २९९ अमेरिकी डलर प्रतिमूल्य रहेको अल्ट्राको डेलिभरी जनवरी ३१ देखि हुने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement