site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘मड्रिड डर्बी’मा रियाललाई हराउँदै एट्लेटिको कोपा डेल रेको क्वार्टरफाइनलमा

काठमाडौं । रियाल मड्रिडविरुद्ध स्पेनिस सुपर कपको सेमिफाइनलमा व्यहोरेको हारको बदला लिँदै एट्लेटिको मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार अन्तिम–१६ को खेलमा एट्लेटिकोले सहरिया प्रतिद्वन्द्वीविरुद्ध ४–२ को जित निकाल्यो । यसअघि, सुपर कपको सेमिफाइनलमा रियालले ‘मड्रिड डर्बी’मा एट्लेटिकोलाई ५–३ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

Dabur Nepal
NIC Asia

घरेलु मैदान सिभियस मेट्रोपोलिटन रंगशालामा एट्लेटिकोलाई जित दिलाउन स्यामुएल लिनो, अल्भारो मोराटा, एन्टोइन ग्रिजमन र रोड्रिगो रिक्वेल्मेले गोल गरे । रियालका जोसेलुले एक गोल फर्काएका थिए । पाहुना टिमले अर्को एक गोल जान ओब्लाकबाट आत्मघाती उपहार पाएको थियो ।

खेलको ३९औँ मिनेटमा लिनोले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्ज्युरी समयमा ओब्लाकबाट आत्मघाती गोल भएपछि रियाल खेलमा फर्किएको थियो ।

५७औँ मिनेटमा मोराटाले गोल गर्दै घरेलु टिमलाई पुनः अग्रतामा राखे । ८२औँ मिनेटमा जोसेलुले गोल फर्काउँदै रियाललाई बराबरीमा ल्याएका थिए । निर्धारित ९० मिनेट २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

१००औँ मिनेटमा ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई ३–२ को अग्रतामा राखे । ११९औँ मिनेटमा रिक्वेल्मेले गोल गरेपछि घरेलु टिम ४–२ ले विजयी भयो ।

बिहीबार नै भएको अर्को खेलमा बार्सिलोनाले उनिओनिस्तालाई ३–१ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गर्‍यो । बार्सिलोनाको जितमा फेरान टोरेस, जुलेस काउन्डे र एलेजान्ड्रो ब्लाडले गोल गरे । उनिओनिस्ताका अल्भारो गोमेजले एक गोल गरेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro