site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लगातार दोस्रो हारसँगै भारतको नकआउट सम्भावना कमजोर

काठमाडौं । एएफसी एसियन कपमा सुनील क्षेत्रीको कप्तानीमा रहेको भारतले लगातार दोस्रो हार व्यहोरेको छ । बिहीबार कतारस्थित अहमेद बिन अली रंगशालामा भारत उज्वेकिस्तानसँग ३–० ले स्तब्ध बनेको हो ।

उज्वेकिस्तानलाई जित दिलाउन अब्बोस्बेक फैजुल्लेइभ, इगोर सर्गेभ र शेरजोड नसरुलेइभले गोल गरे । भारतले तीनवटै गोल पहिलो हाफमा व्यहोरेको थियो ।

खेलको चौथो मिनेटमा फैजुल्लेइभको गोलमार्फत उज्वेकिस्तानले अग्रता बनाएको थियो । १८औँ मिनेटमा सर्गेभले उज्वेकिस्तानको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्ज्युरी समयमा नसरुलेइभले गोल गर्दै उज्वेकिस्तानलाई ३–० को अग्रतामा राखेका थिए ।

दोस्रो हाफमा दुवै टोलीबाट गोल भएन । उज्वेकिस्तानले दक्षिण एसियाली प्रतिद्वन्द्वीविरुद्ध सहज जित निकाल्यो ।

जितसँगै समूह ‘बी’को उज्वेकिस्तानले दुई खेलबाट चार अंक जोडेको छ । दुवै खेलमा पराजित भारत अंकविहीन छ । भारत पहिलो खेलमा अस्ट्रेलियासँग २–० ले हारेको थियो । उज्वेकिस्तान पहिलो खेलमा सिरियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यही समूहको अर्को खेलमा सिरियालाई १–० ले पराजित गर्दै अस्ट्रेलियाले अन्तिम–१६ मा स्थान बनाएको छ । समूह ‘सी’अन्तर्गतको खेलमा प्यालेस्टाइन र युनाइटेड अरब इमिरेट्स (यूएई) १–१ को बराबरीमा रोकिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro