site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धन जनताका लागि बनेको हो, दशौँ वर्षसम्म टुट्दैन : कृष्णप्रसाद सिटौला
फाइल तस्बिर ।

ओखलढुंगा । नेपालीका कांग्रेसका नेता तथा राष्ट्रियसभामा कोसी प्रदेशका उमेदवार कृष्णप्रसाद सिटौलाले गठबन्धन अझै केही चुनाव नटुट्ने दाबी गरेका छन् ।

मत माग्न ओखलढुंगा पुगेका नेता सिटौलाले गठबन्धनको भविष्यबारे कतिपयले प्रश्न गरिरहेको भन्दै अझै अर्को चुनावमा पनि गठबन्धन कायम रहने बताए । 

गठबन्धन पार्टी र नेताका लागि भन्दा पनि जनताका लागि बनेको उनको भनाइ छ । संविधानको रक्षा, सफल कार्यान्वयन, जनताका हकअधिकार सुनिश्चित गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न गठबन्धन बनेको उनको तर्क थियो ।

"यो गठबन्धन जनताका लागि बनेको हो, आफ्नो लागि होइन । संविधानविपरीत भएका गतिविधिलाई निस्तेज गर्न बनेको हो गठबन्धन । प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ मा भएको आन्दोलन, २०४६ सालको आन्दोलन र २०६२/६३ को जनआन्दोलनको जगमा निर्माण भएको संविधानलाई खतरामा पार्ने गतिविधि देखिएकाले त्यस्ता प्रयासलाई असफल बनाउन हामी एकताबद्ध भएका हौँ,” उनले भने, “यो गठबन्धनको भविष्य छैन । आलोपालोमा कुरा मिल्दैन भनेर टिप्पणी गर्नेलाई म यहीँबाट जवाफ दिन चाहन्छु । हाम्रो सहयात्रा यो पाँच  वर्ष होइन दशौँ वर्ष कायम रहन्छ । अबका केही चुनावमा निरन्तर गठबन्धन हुन्छ ।” 

राष्ट्रियसभा निर्वाचनमा कतिपय मत बदर हुने गरेकाले त्यो अवस्था सुधार गर्न नेता सिटौलाले अपिल गरे ।

कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले संविधानको सफल कार्यान्वयनमा सबै दल मिलेर लाग्नुपर्नेमा जोड दिए । संविधान बनेर पनि सफल रूपले कार्यान्वयनको चरणमा नजाँदा संघीयतामाथि नै प्रश्न उठ्न थालेकाले यसतर्फ सबै दल सचेत हुनुपर्ने उनको भनाइ छ । 

 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  २१:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro