site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बकबक गर्ने समय हामीसँग छैन : गृहमन्त्री 

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को २४औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

विदेश गएका युवालाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । उनले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढेको उल्लेख गरे । विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित सरकारले काम गरिरहेको उनको भनाइ छ ।

सुशासन प्रभावकारी बनाउने र इकोनोमी एक्टिभिटी बनाउने काममा सरकार लागिपरेको उनले बताए । उनले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजान सके मात्र युवालाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताए ।

अब पनि बकबक गरेर बस्ने र ढिला गर्ने समय सरकारलाई नरहेको उनको टिप्पणी छ । “अब बकबक गर्ने समय हामीसँग छैन । अब ढिला गर्ने समय छैन,” उनले भने, “सबै मिलेर सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नैपर्छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रको विकास गर्ने नीति सरकारले लिएको बताए । उनले निर्माण प्रक्रियालाई तीव्र बनाउन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने अवस्था रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro