site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दुई सुपर ओभर भएको खेलमा भारत विजयी, शृंखला ‘क्लिन स्विप’

काठमाडौं । दुईपटक सुपर ओभरमा पुगेको खेलमा अफगानिस्तानलाई १० रनले हराउँदै भारतले ट्वान्टी–२० शृंखलामा ‘क्लिन स्विप’ गरेको छ । बुधबार राति निर्धारित २० ओभर र पहिलो सुपर ओभरमा पनि स्कोर बराबर भएपछि दोस्रो सुपर ओभरबाट खेलको छिनोफानो भएको हो ।

भारतको जितमा कप्तान रोहित शर्माले शतकीय इनिङ्स खेले । योसँगै रोहित ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने ब्याटर समेत बनेका छन् । उनले भारतबाट हालसम्म पाँच शतक बनाएका छन् ।

बैंग्लोरमा भारतले टस जितेर २० ओभरमा चार विकेट गुमाउँदै २१२ रन बनाएको थियो । जवाफमा अफगानिस्तानले पनि ६ विकेट गुमाउँदै २१२ रन नै बनायो ।

यसपछि खेल सुपर ओभरमा पुग्यो । पहिलो सुपर ओभरमा अफगानिस्तानले १६ रन बनायो । जितका निम्ति १७ रनको लक्ष्य पाएको भारतले पनि १६ रन नै बनायो । खेल पुनः अर्को सुपर ओभरमा धकेलियो ।

दोस्रो सुपर ओभरमा भारतले अफगानिस्तानसामु ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अफगानिस्तानले दोस्रो सुपर ओभरको तीन बलमा एक रन जोड्दै दुई विकेट गुमाएपछि भारत १० रनले विजयी भएको हो ।

भारतीय कप्तान रोहित खेलको ‘प्लेयर अफ दी म्याच’ चुनिए । भारतकै शिवम दुबे ‘प्लेयर अफ दी सिरिज’ घोषित भए । यसअघिका दुवै खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro