site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगारीमा जानेको संख्या १७.१६ प्रतिशतले घट्यो 
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १७.१६ प्रतिशतले घटेको छ । 

वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा ६५ हजार ८१३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो । 

योसँगै चालु आर्थिक वर्षको पहिलो ६ महिना (२०८० साउनदेखि पुससम्म)मा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या तीन लाख ४३ हजार ४०५ पुगेको छ । 

Dabur Nepal
NIC Asia

अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा वैदेशिक रोजगारीमा जानको लागि विभागबाट चार लाख १४ हजार ५४६ जनाले श्रम स्वीकृति लिएका थिए । 

अघिल्लो वर्षको तुलनामा यसवर्ष श्रम स्वीकृति लिनेको संख्या ७१ हजार १४१ ले कमी आएको छ । विभागको तथ्यांकअनुसार श्रम स्वीकृति लिनेको संख्यामा १७.१६ प्रतिशतले गिरावट आएको छ । 

विभागका अनुसार २०८० को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ७१ हजार २७६ र पुसमा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति लिएका छन् । 

यस्तै, २०७९ सालको साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६, कात्तिकमा ७८ हजार ३७०, मंसिरमा ६८ हजार ५६४ र पुसमा ६५ हजार ४६४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि नेपाल भित्रने रेमिट्यान्स भने बढेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) नेपाल भित्रने रेमिट्यान्स २७.६ प्रतिशतले बढेको छ । 

२०८० साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनाको अवधिमा नेपालमा ६ खर्ब १३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिनामा नेपालमा चार खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । 

चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा आगामी वर्ष नेपाल भित्रने रेमिट्यान्समा असर गर्नेछ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro