site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इन्जुरी समयमा अलबुलाहयी नायक बन्दा साउदीको जित 

काठमाडौं । इन्जुरी समयको अन्तिम मिनेटमा अली अलबुलाहयीले निर्णायक गोल गरेपछि एएफसी एसियन कपमा साउदी अरेबियाले विजयी सुरुआत गरेको छ । साउदीले मंगलबार भएको खेलमा ओमानविरुद्ध २–१ को कठिन जित निकालेको हो । 

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा साउदीले खेलको अन्तिम समयसम्म पनि ओमानको दबाब झेलेको थियो । १४औं मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै सलाह अल–याहयाइले ओमानलाई अग्रता दिलाएका थिए । यही गोलमा पहिलो हाफ र खेलको अन्तिम १५ मिनेटसम्म पनि ओमानले १–० को अग्रता बनाएको थियो । 

तर, ७८औं मिनेटमा अब्दुलरहमन घरिबले गोल गर्दै तीन पटकको च्याम्पियन साउदीलाई खेलमा फर्काएका थिए । 

इन्जुरी समयमा अलबुलाहयीले गोल गर्दै साउदीलाई २–१ को अग्रतामा राखे । अलबुलाहयीको यही गोल निर्णायक बन्दा साउदीले पुनरागमन जित निकाल्दै तीन अंक सुनिश्चित गरेको हो ।

जितसँगै तीन अंक जोडेको साउदी समूह ‘एफ’को दोस्रो स्थानमा छ । पहिलो खेलमै हार व्यहोरेको ओमान तालिकाको तेस्रो स्थानमा छ । 

मंगलबार नै भएको समूह ‘एफ’को अर्को खेलमा थाइल्यान्डले कीर्गिस्तानविरुद्ध २–० को सहज जित निकालेको छ । जितसँगै तीन अंक जोडेको थाइल्यान्ड समूहको शीर्ष स्थानमा छ । पराजित कीर्गिस्तान पुछारमा छ । 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro