site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘कन्दरा’ ब्यान्डको सांगीतिक कार्यक्रममा आईएमई पेको टिकेटिङ पार्टनरमा उत्कृष्ट व्यवस्थापन

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले पोखरा प्रदर्शनी केन्द्र, पोखरामा भर्खरै सम्पन्न भएको ‘कन्दरा–लाइभ इन पोखरा’ इभेन्टको लागि विशेष टिकेटिङ पार्टनरको रूपमा भूमिकालाई उत्कृष्टताका साथ सम्पन्न गरेको छ ।

संगीत, ऊर्जा अविस्मरणीय पलहरूले भरिएको रातमा नेपाली दर्शकहरूसामु आन्तरिक पर्यटनको सन्देश ‘पहिला घरदेश, अनि परदेश’को नारा लिएर सांगीतिक टुरको पहिलो कार्यक्रम पोखरामा गत पुस २७ गते प्रस्तुत गरेको थियो ।

कन्दरा ब्यान्डले यो वर्षकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम समापन गरेको बताइएको छ । ‘पहिला घरदेश, अनि परदेश’को नारा र कन्दरा ब्यान्डका यी सम्पूर्ण कार्यक्रमका साथै कन्दरा ब्यान्डको नै व्यवस्थापन रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा १० हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको बताइएको छ ।  

आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले यस कार्यक्रमको सफल समापनमा आफ्नो प्रसन्नता व्यक्त गर्दै, सबै क्षेत्रका संगीत प्रेमीहरूलाई एकसाथ ल्याउने यस्तो उल्लेखनीय साँझको एक हिस्सा हुन पाउँदा हर्षित बनेको बताए ।

साथै यस परियोजनाको पहिलो कार्यक्रमको सफल समापनले मनोरञ्जन तथा इभेन्ट उद्योगमा आइएमई पेको तर्फबाट उत्कृष्ट सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई सुदृढ बनाएको र यो उपलब्धि हाम्रो टिमको समर्पण र विशेषज्ञताको प्रमाण रहेको जानकारी दिएका थिए । 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्