site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली महिला फुटबल टिमले वेस्ट एसियन फुटबल फेडेरेसन च्याम्पियनसिप खेल्ने 

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले साउदी अरेबियामा हुने वेस्ट एसियन फुटबल फेडेरेसन (वाफ) महिला च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।

मंगलबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को आपतकालीन समितिको बैठकले नेपाली महिला टिमलाई आगामी महिना हुने उक्त प्रतियोगितामा सहभागिता गराउने निर्णय गरेको हो । 

Dabur Nepal
NIC Asia

वाफ च्याम्पियनसिप गल्फ राष्ट्रहरू प्रतिस्पर्धा गर्ने प्रतियोगिता हो । नेपालले यसमा आमन्त्रित टोलीका रूपमा सहभागिता जनाउन लागेको हो । साउदी अरेबियामा फेब्रुअरी १९ देखि २८ सम्म हुने प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको हो ।

मंगलबारको बैठकले किङ्घई प्रान्तको युवा टोली र नेपाली युवा टोलीबीच हुने मैत्रीपूर्ण खेलका लागि टिकरदर समेत कायम गरेको छ । एन्फाले उक्त मैत्रीपूर्ण खेलका लागि साधारणतर्फ ३०० रुपैयाँ र भीआईपीतर्फ ५०० रुपैयाँ तोक्ने निर्णय गरेको छ ।

चीनको नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको यस खेल माघ २७ गते हुने तालिका छ ।
Mahila-team-1705410450.png
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro